राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्रनम्बर -५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ ।

निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकांक्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो ।

राणा पूर्वसैनिक हुन् । उनी द्वन्द्व व्यवस्थापनसमेत चासो राख्छन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौं-५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यसपटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बन्ने पक्का जस्तै छ । सत्ता गठबन्धनले भने उम्मेदवार टुंगो लगाएको छैन ।

यो क्षेत्रबाट रञ्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।



from समाचार – Online Khabar https://ift.tt/syYwpTu

Post a Comment

0 Comments