२३ कात्तिक, काठमाडौं । संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुलाई आग्रह गरेका छन् ।
न्यायाधीशले आफूहरुको विश्वास छैन भने भद्र अवज्ञा गरेको र बार एशोसिएसन पनि आन्दोलनमा रहेको भन्दै उनले बार र बेञ्च दुबैको विश्वास गुमाएका प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । तर राजीनामा दिनुको साटो प्रधानन्यायाधीश दलहरुको ढोका चाहार्दै हिँडेको र महाअभियोग प्रस्ताव आउँछ कि भनेर हठात संसद अधिवेशन अन्त्य गरिएको बताए ।
न्यायाधीश र बारको आन्दोलनप्रति दलहरु मौन बसेको भन्दै उनले भने, ‘तपाईहरुको हतियार चलाउनुस्, महाअभियोगका प्रस्ताव लैजानुस् ।’
from समाचार – Online Khabar https://ift.tt/3bS8Dbh

0 Comments
if you have any doubts, please let us know.