प्रदूषण फैलाएको भन्दै सिजी उद्योगको मूलगेटमा तालाबन्‍दी गरेर स्थानीय आन्दोलनमा

२३ कात्तिक, चितवन। अत्यधिक प्रदूषण फैलाएको भन्दै अर्बपति व्‍यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको मूलगेटमा स्थानीयबासी तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्।

देवचुली नगरपालिका-२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने भएकाले मंगलवार बिहानदेखि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको बताए।

चौधरी उद्योग आसपासका क्षेत्रमा उद्योगले धानको धुलो (डल्लो) उडाएर बस्नै नसकिएको साथैं दुर्गन्ध पनि फैलाएको स्थानीयको आरोप छ ।यसबारेमा पटक-पटक कारखाना व्‍यवस्थापनलाई अनुरोध गरेपनि उनीहरुले नसुनेको भन्‍दै बाध्य भएर ताला लगाउनु परेको वडाध्यक्ष केसीले बताए ।

देबचुली नगरपालिकाले पटक पटक कारखाना सञ्चालन गर्दा न्यूनतम वातावरणीय असरलाई ख्याल गर्न कारखाना व्‍यवस्थापनलाई अनुरोध गरेपनि नसुनेको जनाएको छ ।

स्थानीयले प्रदूषण मुक्त नगरेसम्म कारखाना सञ्चालन हुन नदिने अडान लिएको वडा अध्यक्ष केसीले बताए । दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ,स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3qhtJby

Post a Comment

0 Comments