सिक्सर पेस्तोलसहित रौतहटबाट तीनजना पक्राउ

४ साउन, रौतहट । रौतहट प्रहरीले सिक्सर पेस्तोलसहित मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3hO40Tv

Post a Comment

0 Comments