४ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।
यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए । गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो ।
तर आज बसेको बैठकलाई दशौं भनिएको छ । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3hKmpR4

0 Comments
if you have any doubts, please let us know.