कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन प्रधामन्त्री देउवाको निर्देशन

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रियालाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्‍यवस्था गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले सिंहदरवारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर निर्देशन दिएका हुन् ।

यसअघि पनि प्रधामन्त्री देउवाले मुख्‍य सचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरीद प्रक्रियालाई चुस्त बनाउन निर्देशन दिएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3hMLDhz

Post a Comment

0 Comments