युभेन्टसले किन र कसरी खतरामा पार्दैछ भविष्य ?

१४ माघ, काठमाडौं । इटालियन फुटबल सधैं एक विवादमा तानिरहने मैदान हो । यो कुरा इटालियन जायन्ट मानिने युभेन्टसको हकमा पनि लागु हुन्छ । यति ठूलो विनाशकारी तरंग क्लबमा आउला भन्ने अड्कल कसैले गरेको थिएन । एक घोटला र आर्थिक हिसाबकिताबको गडबढीले क्लबको प्रतिष्ठामा नै आँच आएको छ ।

२० जनवरीमा इटालियन फुटबल एसोसिएसनले ‘स्पोर्टिङ ट्रिब्युनल’का कारण जारी सिरी एमा क्लबको १५ अंक घटाइ दिएको छ । जसले गर्दा तेस्रो स्थानमा रहेको क्लब एकैपटक घटेर दशौं स्थानमा पुगेको छ ।

पूँजीगत कारोबार पारदर्शी नभएको भन्दै इटालियन फुटबल संघले कारबाही गरेपछि त्यहाँको फुटबलमा यो विषय केही समयका लागि तातिनै रहन्छ । २०२१ मा भएका केही खेलाडी अनुबन्धताको विषयमा पहिलेदेखि नै इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले खेलाडी ट्रन्सफर विन्डोलाई ध्यानमा राखेर हेरिरहेको थियो । सोही क्रममा क्लबका केही पदाधिकारीलाई संघले निलम्बनमा पनि राख्यो ।

२०२२ को अप्रिलमा युभेन्टससहितका ११ टिमका ५९ पदाधिकारीको टिमले सबै खेलाडीको दर एकै नहुनेमा सहमति पनि गरेका थिए । ट्युरिनको एक अभियोजक संस्थाले आफ्नो आन्तरिक जाँचमा यसको बारेमा सवुत एकत्रित गरेपश्चात एफआईजीसीलाई यो मुद्दा पुन खोल्नु परेको हो । जुन सवुतहरु नै युभेन्टसको कारबाहीको कारण बन्यो ।

युभेन्टसले भने आफूलाई लागेको आरोप र कारबाही गलत भएको भन्दै आएको छ र उसले एफआईजीसीले भने गरेको कारबाहीलाई फिफासम्म पुर्‍याउने बताइरहेको थियो ।

युभेन्टसले आफूमाथि लागेका कृत्रिम पूँजी, झुटो लेखाङ्कन र खेलाडी ट्रान्सफर बजारको हेरफेरको बारेमा लागेको आरोपको विरुद्ध लड्नु पर्ने हुन्छ ।

युभेन्टसका खेलाडीलाई आर्थिक अभिलेख नराखि गुप्त रुपमा तलब तथा आर्थिक भुक्तानी गरेको आरोपे छ । जसमा आईएफजीसीसीले कोभिड महामारीको चार महिनाको आर्थिक कारोबारको छुट दिने बताएको थियो ।

खेलाडीले एक महिनाको तलब नपाएको र अन्य आर्थिक भुक्तानी गुप्त रुपमा गरिएको आरोप छ । एक कम्पनीको रुपमा ‘स्टक एक्सचेन्ज’ भन्ने शब्द नै एक हेराफेरी बराबर हुन्छ । यस विषयमा एफआइजीसी अझ कडा पनि हुन सक्छ भने युभेन्टसले यस आरोपको खण्डन गर्नुपर्ने हुन्छ ।

कसरी फस्यो युभेन्टस आर्थिक झमेलाको जालमा ?

युभेन्टसको आर्थिक गतिविधि भद्रगोल नै थियो, यो एक सच्चाई हो । कोभिड महामारीको बेला रोनाल्डोलाई अुनबन्ध गर्ने निर्णय नै यो क्लबको आर्थिक मामलामा निकै प्रभाव पार्न सक्ने विषय थियो । रोनाल्डोलाई अनुबन्ध गर्ने निर्णय त्यतिबेलाको समयमा क्लबका लागि निकै अनुचित र गलत थियो ।

युभेन्टसको बोर्ड सदस्य एन्ड्रिया एग्नेलीले नोभेम्बरमा राजीनामा दिए । त्यो खबरले इटालियन फुटबल मार्केट राम्रै तात्यो । प्रशंसकहरुले निकै समर्थन गरेका मन पराएका बोर्ड सदस्य सहितको टोलीले राजीनामा दिनु युभेन्टस विरुद्ध उठेको एक सुदृढ नकरात्मक प्रश्न थियो ।

आधुनिक दृष्टिकोणबाट हेर्ने हो भने युभेन्टसको त्यो बेलाको टिममा उत्कृष्ट प्रशिक्षकले भरिपूर्ण टिम थियो । उनको नेतृत्वमा युभेन्टसले थोरै समयमा विस्तारै विस्तारै गर्दै परिवर्तनहरु गरिरहेको थियो । आर्थिक गतिविधि पनि स्पष्ट थिए ।

टिमलाई सन्तुलनमा राख्न उनले गर्नु पर्ने सबै काम गरे । टिमलाई सन्तुलनमा राख्न उनले राम्रो सुरुवात गरेका थिए । घरेलु र युरोप दुवैमा युभेन्टसको चर्चा चुलिन थालेको थियो ।

हुन त उनको पालामा राम्रा प्रदर्शन भए, क्लब च्याम्पियन्स लिगको फाइनल पुग्यो, घरेलु स्तरका उपाधि जिते पनि युरोपियन टिमलाई पछि पार्न भने सकेन ।

डेलान्टका अनुसार २०१६ का मनि लिग रिपोर्ट (आर्थिक मामिलाको अध्ययन) मा मिलान र शाल्के रेलिगेट भएका टिमको (यी दुई टिम २०२१ मा रेलिगेट भएका थिए) युभेन्टस आम्दानी निकै कम भएको टिम हो । जसअनुसार पनि आर्थिक आम्दानीको हिसाबको उच्च आम्दानी तथा गतिविधि नै अस्वभाविक देखिएको हो ।

युभेन्टसले ब्रान्ड भन्दै क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याउन चाहनु अर्को महत्पवूर्ण गल्ती हो । ठूलो कदम उठाउनु अघि त्यसको सुनियोजित तरिकाले व्यवस्थापन गर्नु जरुरी छ । तर रोनाल्डोलाई क्लबमा ल्याउनाले नै क्लबको भविष्य प्रभावित गरेको हो ।

रोनाल्डोको प्रभाव

क्रिस्टियानो रोनाल्डो क्लबका लागि एक ब्रान्डका रुपमा आएका थिए । जस अनुसार क्लबले ठूला प्रतिस्पर्धीसँग खेल्न पाउने अवसरको अपेक्षा गरेको थियो । तर यो कुरा भयो त ? बहसको विषय त्यो बेला बनेको थियो ।

रोनाल्डो क्लबमा आएर खेलमा खासै योगदान दिन सकेनन् । तर व्यावसायिक रुपमा युभेन्टसका लागि रोनाल्डोको आगमन सुनको अण्डा दिने कुखुरा जत्तिकै महत्वपूर्ण भयो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा २०१५ सम्म ३ मिलियन र रोनाल्डोको आगमन अघि १० मिलियन फलोअर्स भएको युभेन्टसको फलोइङ एकैपटक ५६ मिलियन पुग्यो । जुन म्यानचेस्टर सिटी, लिभरपुल र बार्यन म्युनिख जत्तिकै मात्रामा पुगेको थियो ।

यसको कारणले क्लबलाई धेरै विज्ञापन कम्पनीको आवद्धता मिल्यो । जर्सीको मूल्य बढ्यो । तर यो सबै रोनाल्डो रहँदासम्म मात्रै रहयो । रोनाल्डोले युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड पुग्ने वित्तिकै यो सबै रोकियो ।

प्रशंसकहरु घट्न थाले ।

डेलान्टको आधारमा गत वर्ष युभेन्टसले जम्मा १९४ मिलियन युरोको कमाइ गर्‍यो । जुन उनीहरुका् कुल आम्दानीका ४८ प्रतिशत हो ।

ब्रान्ड र व्यवसाय तब मात्र रहन्छ, जबसम्म मैदानमा टिमले राम्रो खेल्न सक्छ । तर टिमको मैदानको प्रदर्शन भने केही सुधार भएको थिएन । त्यसपछि कोभिडको महामारी आयो जसले गर्दा स्टेडियम खाली हुन थाले र क्लबहरुको आम्दानीको स्रोत रोकियो । यो बेला उनीहरुको नाफा र राजस्व निकै सहयोगी रहे ।

कोभिड महामारीले सिरी एको अस्तित्वलाई निकै खतरामा पार्‍यो । यसको मतबल यो त हुँदै होइन की युभेन्टसले गल्ती त्यो बेला गरेको थिएन । त्यो बेला पनि उत्तिकै गल्तीको चाङ थिए । निर्देशक बेप्पे मारोट्टाले क्लब छोड्नु सबैभन्दा खराब पक्ष रह्यो । उनी तिनै व्यक्ति थिए जसले एग्नेलीलार्ई बनाएका थिए ।

२०१७ मा च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडसँग हारेपछि मारोट्टाले क्लब छोड्न चाहे । सबैभन्दा महत्वपूर्ण कुरा उनलाई जान दिइयो र उनको स्थानमा फेबियो पारासिटीलाई पद दिइयो ।

पारासिटी आर्थिक मामिला र खेलाडीलाई सम्झाउनमा निकै माहिर थिए । यो कागजमा राम्रो देखिए पनि मैदानमा देखिएन । जति जे जे गरे पनि मैदानको नतिजामा भने फरक परेन ।

युभेन्टसको आर्थिक गतिविधि हेर्दा कोरिरे डेला सेराले कृत्रिम पूँजीको अत्याधिक उपयोग भनेर लेखिएको थियो । यहि बेला ध्यानमा राख्नुपर्ने कुरा टोटनहमको प्रशिक्षकलाई एफआईजीसीले कडा कारबाही गरेको थियो ।

यो बेला टिमलाई कसरी सन्तुलित बनाउने भन्नेमा सबैको ध्यान थियो । एक राम्रो टिम बनाउन कुशल प्रशासकको जरुरत पर्छ । मारोट्टाले प्रशिक्षकको कमी पूरा गर्न हरेक तबरबाट कोशिस गरे, तर केही भएन ।

मारोट्टापछि युभेन्टससँग अर्को कुनै पनि योजना नभएको जस्तो देखिन्थ्यो । अग्रेलीलाई एक असल र उपयुक्त प्रशिक्षक भित्र्याउने चटारो थियो ।

यसपछि टिम युवा खेलाडीमा निर्भर हुन पुग्यो । यसको दोष भने प्रशिक्षक एन्ड्रिया पिरलोलाई धोकेबाजको ट्याग लगाइयो । यो कसरी सकियो त अग्रेलीलाई पुन फिर्ता आउन भनियो । क्लबले एक स्थायी प्रशिक्षक भन्दा अर्को केही दिन सक्ने अवस्था थिएन । महामारीको समयबाट पार भएको थियो ।

फुटबलमा सफल हुन कठिन छ । झन इटालियन फुटबलमा हेर्ने हो भने त अझ झनै गाह्रो छ । २०२० को अर्थव्यवस्था हेर्ने हो भने त्यसमा १८.९ प्रतिशत गिरावट आएको छ । एग्नेलीले एक प्रकारले थाहा पाइसकेका थिए कि अब युभेन्टसले कहिल्यै पनि ठूलो टिमसँग खेल्न सक्दैन । यहाँसम्मकी यो टिमले कुनै पनि किसिमको पुरस्कार हात पार्न सक्दैन ।

यसैबिचमा उनलाई सुपर लिगको विचार आयो । जुन युभेन्टसको भविष्य जोगाउन सक्ने एक तरिका थियो । जसमा निकै कमलाई मात्र प्रतिस्पर्धा गर्ने मौका दिनु एक उपाय थियो । यो उनको एक अहमतापूर्ण निर्णय थियो । जुन गलत व्यवस्थापनको संकेत पनि हो ।

इटालीमा अब केही समय युभेन्टस निकै चर्चामा रहन सक्छ । अबको दिनमा भने युभेन्टसले एफआईजीसीसँगको कानुनी मुद्दामा कस्तो नतिजा ल्याउँछ । सोही अनुसार नै युभेन्टसको भविष्य निर्धारण हुन्छ ।

– बीबीसीको सहयोगमा



from समाचार – Online Khabar https://ift.tt/3teiE0b

Post a Comment

0 Comments