नेपालसँग ओन्टारियो ५५ रनले पराजित

२० असार, काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आइतबार राति भएको टी-२० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ ।

लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाका लागि तयारी गर्न क्यानडा पुगेको नेपालले यसअघि ५० ओभरको अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।

टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट भयो । अब नेपालले मंगलबार र बुधबार क्यानडासँग एक दिवसीय खेल खेल्नेछ ।



from समाचार – Online Khabar https://ift.tt/GvUWJie

Post a Comment

0 Comments