५ बुँदे सहमति पछि निहारिकाले तोडिन् अनसन

३ असार, काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी सोनाली कुमारी सिंह (निहारिका)ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले दिएको जुस पिउँदै उनले बिहीबार बेलुकी अनसन तोडेकी हुन् । अनसन तोडाउन राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले पहल गरेकी थिइन् ।

आरोपी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/qupvJg4

Post a Comment

0 Comments