कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

१ असार, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ ।

मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो ।

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो ।

लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको कोस्टारिका समग्रमा छैटौं पटक विश्वकपमा छनोट भएको हो ।



from समाचार – Online Khabar https://ift.tt/HCa7des

Post a Comment

0 Comments