उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

४ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।

साथै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।

समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू छन् ।



from समाचार – Online Khabar https://ift.tt/3nCVBVl

Post a Comment

0 Comments