विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्छ : सी जिनपिङ

४ माघ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । उनले कोरोना संक्रमणको महामारीको सामना गर्न साझा कोशिश गर्नुपर्नेमा पनि जोड दिए ।

वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई सोमबार सम्बोधन गर्दै सीले द्वन्द्वले कुनै पनि समस्याको समाधान हुन नसक्ने बताए । स्वीटजरल्याण्डको दाबोस शहरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संरक्षणवाद र मनोमानी ढंगले काम गर्दा कसैको हित हुँदैन । यसले अरुसँगै आफूलाई पनि क्षति पुग्छ । हामी मनमुटाव विना नै वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।’

चीन र अमेरिकाबीच जारी राजनीतिक र आर्थिक द्वन्द्व जारी रहेका बेला सीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भनेका छन्- देशहरुबीच ठोस समन्वय स्थापित गर्न जरुरी छ । समृद्ध देशको गतिविधिले विकासशील देशलाई क्षति नहोस् । चीन सबैलाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने नीतिमा विश्वास गर्ने उनले बताएका छन् ।

विश्वको अर्थव्यवस्था अझै खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिमा राम्रो समन्वय गर्न पनि उनले आह्वान गरेका छन् ।

कोरोना महामारीविरुद्धको लडाइँमा चीनको सफलताको चर्चा गर्दै उनले भनेका छन्-चीन विश्वको एकमात्र यस्तो अर्थव्यवस्था भएको देश हो जसले राम्रो नतिजा दिइरहेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3AazUkM

Post a Comment

0 Comments