संखुवासभामा भरूवा बन्दुकसहित एकजना पक्राउ

१५ मंसिर, संखुवासभा। प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-५ खमारे बस्ने रामबहादुर राई रहेका छन् ।

भरूवा बन्दुक लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।

पक्राउ परेका उनीङ्गाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/2ZEqFey

Post a Comment

0 Comments