सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताएका छन् ।

पौडेल समूहका नेताहरुको मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरुले साझा उम्मेदवारबारे छलफल गरेका थिए ।

बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘हामी सहमतिको निक्कै नजिक पुगेका छौं । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर हाम्रो निर्णय बाहिर आउँछ ।’



from समाचार – Online Khabar https://ift.tt/3Ds4ciF

Post a Comment

0 Comments