लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका लागि खुला २ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकै १ जना महिला केन्द्रीय सदस्यमा शिला शर्मा खड्का निर्वाचित भएकी छन् ।

खुला दुई केन्द्रीय सदस्य पदमा ६ जना प्रतिस्पर्धामा थिए । तीमध्ये विजयी उम्मेदवार कंडेलले २,७२७ र केसीले २,२६७ मत पाए । अन्य उम्मेदवारहरु महेन्द्र कुमार शर्माले १,७७३, लेखनाथ पोख्रेलले १,५२७, प्रदीप राज शर्माले ४२३ र बम बहादुर डिसीले २५२ मत पाए ।

यसैगरी महिला एक पदका लागि भएको निर्वाचनमा शिला शर्मा खड्का २,६७३ मतसहित विजयी भएकी छन् । खड्का कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

अन्य उम्मेदवारहरु रिता सेन ओलीले १,४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत पाए ।



from समाचार – Online Khabar https://ift.tt/3Fw8tmY

Post a Comment

0 Comments