उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना

१५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरण सहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार (ल्होसार)२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।

गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुदायले आज यस वर्षको ल्होसार मनाउँदै छन् । उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिको कामना गरेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/341KPAZ

Post a Comment

0 Comments