चुरे संरक्षण पहिलो मेरो प्राथमिकतामा रहनेछ : नवनियुक्त वन मन्त्री महतो

५ मंसिर, जनकपुरधाम । प्रदेश-२ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघन महतोले आफ्नो पहिलो प्राथमिकता चुरे संरक्षण हुने बताएका छन् ।

मन्त्री पदको शपथ लिएपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री महतोले चुरे विनाश हुँदै गइरहेकाले यसलाई रोक्नु जरुरी रहेको बताए ।

‘ चुरेको संरक्षण हुन नसक्दा प्रत्येक वर्ष खेतीयोग्य जग्गा क्षयीकरण, डुबान  र कटान भइरहेको छ । उनले भने, ‘त्यसकारण व्यवस्थित ढंगले चुरे संरक्षण नै मेरो प्रमुख प्राथमिकता रहनेछ।’

यस्तै मन्त्री महतोले प्रदेश भ्रष्टाचारको नाममा बदनाम भएकाले उक्त बदनामलाई चिर्ने जिकिर गरे।

प्रदेशको नामाकरण र राजधानी तोक्ने काम पनि आफ्नो प्राथमिकतामा रहने उनको भनाइ थियो ।



from समाचार – Online Khabar https://ift.tt/3HF4AOi

Post a Comment

0 Comments