दाङमा डोजर डोजर पल्टिँदा चालकको मृत्यु   

२ मङ्सिर, देउखुरी (दाङ) । यहाँको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब  चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी  दिए । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो  ।



from समाचार – Online Khabar https://ift.tt/3qN0NIx

Post a Comment

0 Comments