बलात्कार प्रयासको आरोपमा सर्लाहीबाट एकजना पक्राउ

७ मंसिर, जनकपुरधाम । सर्लाही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्रहमपुरी गाउँपालिका वडा-७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यादवले ५ कात्तिकमा ती महिलासँग बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई करणी उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3DKxg66

Post a Comment

0 Comments