२९ कात्तिक, काठमाडौं । इजलासमा नबस्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लेखेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो ।
पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएको भन्दै उनले तोकेको बेञ्चमा बसरी सुनुवाइ नगर्न अनुरोध गरिएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3wJY8QW

0 Comments
if you have any doubts, please let us know.