९ मंसिर, काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका (भाजपा) दुई जना नेता आउने भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।
from समाचार – Online Khabar https://ift.tt/32yseMk

0 Comments
if you have any doubts, please let us know.