वार्नर टी-२० विश्वकपको उत्कृष्ट खेलाडी

२९ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नर आईसीसी टी-२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।

अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए ।

वार्नर र मिचेल मार्शको अर्धशतक मद्दतमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो । आइतबार भएको फाइनलमा वार्नरले ५३ रन बनाएका थिए ।

वार्नरले प्रतियोगिताभर ७ खेल खेल्दा ३ अर्धशतक मदद्तमा २८९ रन बनाएका थिए । सर्वाधिक रन बनाउनेमा वार्नर दोस्रो स्थानमा रहे ।

वार्नरले सुपर १२ मा वेष्ट इन्डिज विरुद्ध अविजित रहेर ८९ रन बनाएका थिए । यस्तै श्रीलंका विरुद्ध ६५ रन बनाएका थिए । सेमिफाइनलमा पाकिस्तान विरुद्ध अर्धशतक बनाउन एक रनले मात्र चुकेका थिए ।



from समाचार – Online Khabar https://ift.tt/2YMsjun

Post a Comment

0 Comments