१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरूले धर्ना दिएका छन् । सर्वोच्च अदालतकै हाताभित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।
समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
from समाचार – Online Khabar https://ift.tt/3CpouZV

0 Comments
if you have any doubts, please let us know.