७ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-४ को राजीपुरमा सुदूरपश्चिम प्रदेश ०१००९- प२९०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3nGqJ6F
0 Comments
if you have any doubts, please let us know.