मोरङको कटहरीमा आगलागी

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ मा रहेको  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५:३० बजेतिरबाट आगलागी सुरु भएको  हो । नियन्त्रणको प्रयास जारी छ ।

स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवीलगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

 विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3qJc38V

Post a Comment

0 Comments