ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

२८ कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।



from समाचार – Online Khabar https://ift.tt/3qAsy7l

Post a Comment

0 Comments