उत्कृष्ट करदाता सम्मानित, धेरै कर तिर्ने सूर्य नेपाल

१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरे। आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो ।

यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणा रहेका छन् भने कम्पनीतर्फ सूर्य नेपाल रहेको छ । सबैभन्दा धेरै आय कर तिर्नेमा नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3ov8alg

Post a Comment

0 Comments