लागूऔषध गाँजासहित पर्साबाट ६० वर्षीय वृद्ध पक्राउ

२२ कात्तिक, वीरगञ्ज । लागूऔैषध गाँजासहित पर्साबाट प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ । छिपहरमाई गाउँपालिका–२ का ६० वर्षीय रामचन्द्र महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कालो प्लाष्टिकको झोला हातमा लिई शंकास्पद रूपमा पैदल हिंडिरहेका उनलाई प्रहरीले रोकेर खानतलासी गर्दा झोलामा एक किलो गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3mTRYdV

Post a Comment

0 Comments