७ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ ।
अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3HP2N9e
0 Comments
if you have any doubts, please let us know.