सकेसम्म सहमतिमा नेतृत्व चयन गरौं : बादल

९ मंसिर, चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।

तपाईं कुन पदमा उठ्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नगरेको बताए ।



from समाचार – Online Khabar https://ift.tt/3HOmuy6

Post a Comment

0 Comments