म अध्यक्षको उम्मेदवार हुँ, भोलि उम्मेदवारी दिन्छु : भीम रावल

१० मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटी अन्तिम बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले भने, मैले त उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु होला ।’

पदाधिकारीमा अरु सबैको सहमति भयो भने पनि चुनाव नै गर्नुपर्छ भन्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘अरु उठ्नुहुन्छ कि उठ्नु हुन्न भनेर हिसाब गरेर मैले उम्मेदवारी दिएको होइन । एमालेको नेतृत्व गर्न म अगाडि सर्छु भनेर दिएको हुँ ।’

केन्द्रीय कमिटीमा सर्वसम्मत गराउन पदाधिकारी बढाउने प्रस्ताव आउनसक्छ भन्ने पनि छ । त्यस्तो प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘ओहो ! यस्तो महत्वपूर्ण प्रस्ताव रहेछ, मलाई जानकारी गराइदिनु भएकोमा धन्यवाद । मलाई केही थाहा छ ।’

आयो भने भन्ने पुरक प्रश्नमा उनले भने, ‘म काल्पनिक कुरै गर्दिन । म त अध्यक्षको उम्मेदवार हुँ । भोलि उम्मेदवारी दिन्छु ।’

 



from समाचार – Online Khabar https://ift.tt/3lch1ax

Post a Comment

0 Comments