गठबन्धन पूरै समयसम्म रहन्छ : प्रधानमन्त्री देउवा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गरेका छन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।

सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उनले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/3nVAbCd

Post a Comment

0 Comments