वकिहरूले काठमाडौं उपत्यकाका अदालतमा धर्ना दिँदै

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।

नेपाल बार एशोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिने लागेका हुन् ।

नेपाल बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।

बारले तिहार बिदा सकिने बित्तिकै दोस्रो चरणअन्तर्गत थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानन्यायाधीशलाई सर्वोच्चकै न्यायाधीशहरूले पनि असहयोग गर्दै आएका छन् । तर प्रधानन्यायाधीशले दैनिक पेसी तोकिरहेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3c5K4ri

Post a Comment

0 Comments