माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

२७ असोज, काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ ।

अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।



from समाचार – Online Khabar https://ift.tt/3DBvWSp

Post a Comment

0 Comments