२८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई बधाई दिएका छन् । उनले भारतविरुद्ध हुने फाइनल खेलमा नेपाली टोलीलाई सफलताको शुभकामना पनि दिएका छन् ।
राणाले ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई । साफ च्याम्पियनसिपको फाइनलमा समेत सफलताको शुभकामना ।’
बुधबार मालदिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ । च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल पहिलो पटक हो । खेल समाप्त भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली टिमलाई बधाई दिएका थिए ।
from समाचार – Online Khabar https://ift.tt/3AEKlLV
0 Comments
if you have any doubts, please let us know.