काठमाडौंमै बाढी, शंखमूल पार्क डुबानमा

२१ भदौ, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । केन्द्रले भनेको छ, ‘उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाऔं ।’

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र प्रदेश–२ का धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



from समाचार – Online Khabar https://ift.tt/2YwdI5N

Post a Comment

0 Comments