प्रकाशमान निवासमा कांग्रेस नेताहरुको बैठक

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

नेता प्रकाशमान सिंहको निवासमा जारी छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

नेताहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धमा छलफल भइरहेको प्रकाशमानको सचिवालयले जनाएको छ ।

क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3yu3HD2

Post a Comment

0 Comments