गुल्शन झा पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा

५ भदौ, काठमाडौं । युवा क्रिकेटर गुल्शन झा पहिलो पटक नेपालको सिनियर क्रिकेट टिममा परेका छन् । आगामी सेप्टेम्बरमा ओन हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि शनिबार घोषित टोलीमा गुल्शनले स्थान बनाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको १७ सदस्यीय टोलीमा गुल्शन मात्र नयाँ नाम हुन् ।

पहिलो पटक सिनियर टिमको क्याम्पमा स्थान बनाएका गुल्शन पहिलो पटकमै राष्ट्रिय टिममा समेत पर्न सफल भए । उनले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेलेका थिए ।

तर घरेलु क्रिकेटमा धेरै खेल नखेलेका उनी नेपाली क्रिकेटकै लागि नयाँ नाम हो ।

गत फागुनमा भएको काठमाडौं मेयर्स कप क्रिकेटमा दुई खेल मात्र खेलेका गुल्शन त्यहीबाट चर्चामा आएका हुन् ।

उनले पुलिसबाट खेल्दै फाइनलमा एपीएफविरुद्ध ४ विकेट लिएका थिए । फाइनलअघि उक खेल मात्र खेलेका गुल्शनले फाइनलमा बलियो टोली एपीएफविरुद्ध ७ ओभरमा ३६ रन खर्चेर चार विकेट लिँदै सबैलाई चकित पारे । उनी फाइनलको खेलको प्लेअर अफ दि म्याचसमेत बनेका थिए । सरप्राइज प्याकेजमा रुपमा रहेका उनले एपीएफको टप अर्डर नै ध्वस्त पारेका थिए ।

त्यसअघि काठमाडौं मेयर्स टिमविरुद्ध उनले डेब्यु गर्दै किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । ६ ओभरमा १ मेडन राखेर २२ रन खर्चेरका थिए । उनले त्यसअघि ब्याटिङमा पाँच रन बनाएका थिए ।

प्रधानमन्त्री कप एकदिवसी क्रिकेटका लागि प्रदेश २ को अन्तिम टोलीमा पर्न नसकेका उनी मेयर्स कपका लागि पुलिसमा पुगेका थिए ।

पुलिसले गुल्शनको प्रतिभालाई पहिचान गर्दै पुलिसले उनलाई टिममा भित्र्याएको थियो ।

६ फिट उचाई रहेका गुल्शनले प्रधानमन्त्री कपका लागि सर्लाहीबाट छनोट खेले पनि प्रदेश २ को अन्तिम टोलीमा पर्न सकेका थिए ।

दायाँ हाते बलर गुल्शन बायाँ हाते ब्याटिङ गर्छन् ।

सर्लाहीमा सानैदेखि क्रिकेट खेल्ने गुल्शन सन् २०१६ मा थप क्रिकेट सिक्न भारतसमेत गएका थिए । जहाँ उनले झारखण्डको एक क्रिकेट एकेडेमीमा चार वर्ष बसेर क्रिकेट सिने अनि लकडाउनमा नेपाल फर्केका थिए ।

त्यसपछि उनी पुलिसको यात्रा तय गर्दै राष्ट्रिय टिमसम्म आइपुगे ।

सोमपाल कामी, करण केसी र अविनाश बोहरा जस्ता फास्ट बलिङ लाइनअफ रहेको नेपाली टिममा गुलशनको पनि इन्ट्री भएको छ । यस्तै अर्का फास्ट बलर विक्रम सोवले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । १७ सदस्यीय नेपाली टिममा अहिले पाँच फास्ट बलर छन् ।

गुल्शनसँगै विक्रम सोबले पनि नेपालको लागि ओडीआईमा डेब्यु गर्न बाँकी छ । यस्तै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिसकेका कुशल भुर्तेल र आसिफ शेखले पनि ओडीआईमा डेब्यु गर्न बाँकी छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिजमा नेपालले कुल चार खेल खेल्नेछ । त्यसअघि पपुवा न्यु गिनीसँग दुई एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । ओमान भ्रमणमा नेपालले कुल ६ खेल खेल्ने भएकोले पनि डेब्यु गर्ने सम्भावना रहेको छ ।

कुशल भुर्तेल र आसिफले गत वैशाखमा नेपालमै ऐएको टी२० त्रिकोणात्मक सिरिजमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

कुशल भुर्तेल

आसिफ शेख

गुलश्न झा

आरिफ शेख

कुशल मल्ल

विनोद भण्डारी

करण केसी

सोमपाल कामी

सन्दीप लामिछाने

पवन सर्राफ

अविनाश बोहरा

रोहित पौडेल

सुशन भारी

शरद भेषावकर

विक्रम सोव

टिम पदाधिकारी

मुख्य प्रशिक्षक : डेभ वाटमोर

व्वयस्थापक : मोहम्मद दाउद अन्सारी

टेक्निकल एनालिस्ट : रमन शिवाकोटी

फिजियो : विक्रम न्यौपाने

ट्रेनर : राकेश काशिभाई गोहित



from समाचार – Online Khabar https://ift.tt/383PXnc

Post a Comment

0 Comments