गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।

बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3z0bNU1

Post a Comment

0 Comments