एक डोज लगाए पुग्ने अमेरिकी खोप भोलि बिहान आइपुग्छ : डा. भट्टराई

२७ असार, काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् ।

डा. भट्टराईले अमेरिकाले दिने खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी ट्वीटर मार्फत गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले सो खोप १५ लाख व्यक्तिलाई लगाउन सकिने उनको भनाइ छ ।

खोप सम्बन्धमा ट्वीट गर्दै अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल र अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्नो लागि अन्यन्तै खुसीको क्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ ।’



from समाचार – Online Khabar https://ift.tt/36sam4n

Post a Comment

0 Comments