२०० रुपैयाँ नतिरेका पाँच जुवाडे ७ वर्षपछि पक्राउ

८ साउन, सुर्खेत । २०० रुपैयाँ असुल उपरका लागि सुर्खेत प्रहरीले जुवा मुद्दाका पाँच जनालाई ७ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको २०७१ मंसिर १५ गतेको फैसला आदेशले लगत नं. १०६२ मा लगत कसिएको २०० रुपैयाँ असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का ३१ वर्षीय लोकेन्द्र थापा, ४० वर्षीय लोकेन्द्र सुनार, ३७ वर्षीय सन्दिप श्रेष्ठ, ३७ वर्षीय रोशन भट्टराई र ३८ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई बिशेष सूचनाको आधारमा बिहीबार वीरेन्द्रनगर–६, बजार क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3BuHOFD

Post a Comment

0 Comments