१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

from समाचार – Online Khabar https://ift.tt/3wDQqpS

0 Comments
if you have any doubts, please let us know.