मेसी कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्ता

२७ असार, काठमाडौं । अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार कोपाको उत्कृष्ट खेलाडी समेत घोषित भए ।

यो पनि पढ्नुहोस अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

from समाचार – Online Khabar https://ift.tt/3r32uzZ

Post a Comment

0 Comments