५ साउन, काठमाडौं । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर -आईपीओ) निष्कासन गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेका हुन् ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यको ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकिएको छ । स्थानीय बासिन्दाले आईपीओमा माछापुच्छ्रे बैंक धनकुटा शाखा, नेपाल बङ्गलादेश बैंकको संक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तेह्रथुमबाट आवेदन गर्न सकिने छ ।
यस्तै कोरोना महामारीका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि आजबाट पुनः बिक्री खुला भएको छ ।
जसमध्ये १८ लाख कित्ता आईपीओमा आयोजना प्रभावित सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ का स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै बाँकी ४२ लाख कित्ता सेयरका लागि सिन्धुपाल्चोक जिल्ला भरका स्थानीयले आवेदन दिन सक्नेछन् ।
आईपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने छ । त्यो समयमा पुरै सेयर बिक्री नभए साउन ३२ गतेसम्म आईपीओ भर्न पाइनेछ । आईपीओमा आवेदन दिन ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट भर्न सकिनेछ ।
from समाचार – Online Khabar https://ift.tt/3kxwxyo

0 Comments
if you have any doubts, please let us know.