१ साउन, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने भएका छन् ।
कोभिडको दोस्रो लहरको संक्रमणको सर्तकता अपनाउन चलेको निषेधाज्ञाले गर्दा साउन भर लाग्ने मेलाका बिशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दैनिक पुजा संञ्चालन भने यथावत रुपमा सञ्चालन हुने समितिले जनाएको छ ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।
अघिल्ला वर्षहरुमा साउन भर संञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दथ्यो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।
रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।
द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
from समाचार – Online Khabar https://ift.tt/3koZ3lJ

0 Comments
if you have any doubts, please let us know.