पेस्तोल र राइफलको गोलीसहित दुईजना पक्राउ

२६ जेठ, काठमाडौं । मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3v5IGMC

Post a Comment

0 Comments