४ जेठ, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परी जिप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो ।
दुईजना मात्रै सवार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जिप कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल खसेको छ ।
घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
from समाचार – Online Khabar https://ift.tt/3tWuzJ5

0 Comments
if you have any doubts, please let us know.