कोरोना संक्रमणबाट वडा सदस्यको ज्यान गयो

४ जेठ, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको उपचारको क्रममा ज्यान गएको हो ।

विगत १५ दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहेका ५५ वर्षीय यादवको सोमबार बेलुका मृत्यु भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3bz1soM

Post a Comment

0 Comments