५ जेठ, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बेलबारी-९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६: ३० बजे मृत्यु भएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण देखिएपछि जेठ ३ गते भर्ना गरिएको थियो ।
यस्तै सुन्दरहरैचा-१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५:५० बजे मृत्यु भएको छ ।
उनलाई वैशाख १० गते कोरोना संक्रमण देखिएपछि वैशाख ११ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3oru9t0

0 Comments
if you have any doubts, please let us know.