निषेधाज्ञाले छोएन कालीमाटीलाई, १२ जना संक्रमित भेटिंदा पनि भीड उस्तै

६ जेठ, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि भन्दै वैशाख दोस्रो सातादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको समयमा पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भीड लाग्ने गरेको छ । बिहानै नाकसमेत नछोपिने गरी मास्क लगाएर आएका व्यवसायी एवं अन्यले कालीमाटीमा दैनिक मेला लाग्ने गर्छ ।

प्रहरी माइकिङ गर्दै आउँछ । एकैछिन तितरवितर भएजस्तो हुन्छ, त्यसपछि फेरि जात्रामा जस्तै भेला हुन्छन् त्यहाँ उपस्थित भएकाहरु । कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भीड नियन्त्रण गर्न नसकिएको बताउँछन् । ‘अस्ति त हामीले लाठीचार्ज नै गर्नुपर्‍यो।’ बोहोरा भन्छन् ‘त्यही बजारमा १२ जना संक्रमित भेटियो भन्दा पनि कोही डराउँदैनन् ।’

दुई दिनअघि कालीमाटी तरकारी बजारमा काठमाडौं महानगरपालिकाले गरेको झण्डै ४०० पीसीआर परीक्षणका क्रममा १२ जना संक्रमित भेटिएका थिए । जसमा १० जना पुरुष र २ जना महिला छन् । बोहोरा एक किलो आलु किन्न पनि कालीमाटी आउनेहरु समेत प्रशस्तै भेटिएको बताउँछन् । उनका अनुसार अहिले दैनिक प्रहरीले त्यहाँ माइकिङ गर्दै आएको छ ।

बिहीबार बिहान कालीमाटी बजारमा पुग्दा यस्तो दृश्य देखियो :



from समाचार – Online Khabar https://ift.tt/3ynuxx3

Post a Comment

0 Comments